
डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–१ स्थित घण्टेश्वर मन्दिर नजिक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको ना८ख ६१३२ नम्बरको बस दुर्घटनामा परेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब १ सय मिटर तल खसेको हो। बसमा ३२ जना सवार रहेको र १० जना घाइते भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । डीएसपी नेपालका अनुसार घाइतेलाई उपचारका लागि धनगढी लगिएको छ । दुई जनाको अवस्था गम्भीर छ ।



घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–६ का ४५ वर्षीया बिर्मा ओड, ५० वर्षीय रम्ची ओड, दोगडाकेदार गाउँपालिका–८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार–६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ ।
