
बोस्टन : तीन दिने गीता आध्यात्मिक सम्मेलन – २०१९ ओहायो राज्यको कोलम्बसमा आइतबार सम्पन्न भएको छ। विश्व भूटानी हिन्दू संगठन र वैदिक सेवा समाज, कोलम्बसको संयुक्त आयोजनामा भएको सम्मेलन शुक्रबार शुरू भएको थियो।
सम्मलेनका मुख्य अतिथि प्रा डा माधवप्रसाद भट्टराईलगायत करिब एक दर्जन ज्ञाताहरूले धर्मसम्बन्धी प्रवचन दिएका थिए। विशेष प्रस्तुतिहरूमा वेद लुइटेल (विषयः सनातन र विज्ञान), डा लक्ष्मी नेपाल (विषय वैदिक सनातन धर्मको संरक्षणमा नारीको योगदान), खिम खतिवडा (विषयः श्रीमद्भगवद्गीता र आत्मविकास), आचार्य भीम तिम्सिना सम्प्रदाय र वैदिक सनातन धर्म), महानन्द लुइटेल, (सनातन धर्मका गौरवमय पक्षहरू), प्रा डा माधवप्रसाद भट्टराई (वैदिक सनातन धर्म), आचार्य वेदनिधि सुवेदी , (शुभ आशिर्वचन), विदुषी देवका खनाल (हाम्रो ग्रन्थ र उपदेश), स्वामी निखिलानन्द (भागवत गीता), स्वामी चक्रपाणी प्रपन्ना (गीता के हो र गीतमा के छ?) रहे ।
सम्मेलनमा करिब १० राज्य र ती राज्यका १६ वटा धार्मिक संस्थाहरू सहभागी भए। कार्यक्रमका मुख्य आकर्षणहरमा विभिन्न गुरुजनरमान्यजनबाट प्रवचन, विभिन्न शहरका भजन मण्डली वा धार्मिक संस्थाहरूबाट भजन प्रस्तुत, बालनरसंगिनीरभजनमा नृत्यहरू, कविता वाचन, पुस्तक विमोचन (षेड संस्कार, सरल नेपाली किताब) निःशुल्क गीता पुस्तक वितरण तथा पुरस्काररउपहार वितरण रहे।
कार्यक्रममा शान्तिको कामना गर्न यो सम्मेलन गरिएको आयोजक संस्थाले बताएका छन्। विश्व भूटानी हिन्दू संगठन (ग्लोबल भूटनिज हिन्दु अर्गनाइजेसन) को स्थापना सन् २०१३ मा भएको हो । यो अमेरिकामा गैरनाफामुलक संस्थाका रूपमा दर्ता छ। वैदिक सेवा समाज कोलम्बसको स्थापना पनि सन् २०१३ मै भएको हो।
विश्व भूटानी हिन्दू संगठनले भूटानी हिन्दू समाजसँग मिलेर गत वर्ष अगस्तमा केन्टकी राज्यको लुईभिलमा त्रि–दिवसीय धार्मिक प्रवचन कार्यक्रम गरेको थियो।
अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) का अनुसार अमेरिकामा पुनर्स्थापित करिब ९७ हजार भूटानीमध्ये सबभन्दा धेरै हिन्दू धर्मावलम्बीहरू ५७.४० प्रतिशत छन्।