
काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन थापाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई शुभकामना दिएका छन् ।




भट्टराईले बुधबार राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ खाएलगत्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता थापाले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् ।

उनले मन्त्रीका रुपमा भट्टराईको सफलता उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीसँग मात्र नजोडिएको बताएका छन् । भट्टराईको सफलता उनले आफ्नो पुस्ताको राजनीतिकर्मीहरूप्रतिको आशा र विश्वाससँग जोडिएको थापाले उल्लेख गरेका छन् ।
‘दाइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्’, थापाले भनेका छन्, ‘मन्त्रीको रूपमा तपाईको सफलता तपाईं र तपाईं पार्टीसँग मात्र होइन, हाम्रो पुस्ताको राजनीतिकर्मीहरूप्रतिको आशा र विश्वाससँग जोडिएको छ। मुरीमुरी शुभकामना ।’