एमालेको जनाधार देखेर काँग्रेस र माओवादी अत्तालिएका छन्

चितवन, प्रेस चौतारी नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एमाले) को जनाधार देखेर अहिले काँग्रेस र माओवदी पार्टी अत्तालिएको बताएका छन् ।

चितवनमा एमालेले गरेको भव्य महाधिवेशनबाट अत्तालिएकै कारण काँग्रेस र माओवादीले आफ्नो महाधिवेशनमा जनप्रदर्शन नगर्ने निर्णय गरेको उनले दाबी गरे । चितवनमा सात लाखभन्दा धेरै जनसहभागिता भएको प्रमाण सुरक्षा निकायले दिएको सचिव भट्टराइले जानकारी दिए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले एमालेकोजस्तो व्यवस्थित र भव्य महाधिवेशन सम्पन्न गर्न अन्य पार्टीले नसक्ने बताए । एमालेको महाधिवेशनबाट सबैभन्दा धेरै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अत्तालिएको पनि उनले टिप्पणी गरे ।