ओलीले गरे दुर्गा प्रसाईलाई एमालेको केन्द्रीय सदस्य बनाउन प्रस्ताव

काठमाडौँ : व्यवसायी दुर्गा प्रसाईलाई नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनीत गर्ने भएको छ। भक्तपुरमा जारी एमालेको स्थायी कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी प्रसाईलाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका हुन्। अन्य केन्द्रीय सदस्यमा विशाल भट्टराई र ऐन महरलाई प्रस्ताव गरिएको छ।

यद्यपी बैठकमा प्रसाईलाई केन्द्रीय सदस्य बनाउने प्रस्तावकाे सचिव योगेश भट्टराईले यसको विरोध गरेका छन्। झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक समेत रहेका प्रसाईं एमालेको विधान महाधिवेशनबाट पार्टीमा सक्रिय देखिएका थिए।

बिज्ञापन

त्यसपछि उनी एमालेको महाधिवेशनमा झापाबाट महाधिवेशन प्रतिनिधिको रूपमा सहभागी भएका थिए। प्रसाईं त्यसभन्दा पहिले नेकपा माओवादी केन्द्रमा थिए। उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिकट थिए।