माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौँ : सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि तय गरिएको छ। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले पेस गरेको प्रस्ताव लगायत आसन्न राष्ट्रिय सम्मेलनका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।

बैठकमा स्थायी समिति सदस्यहरुले दिएको सुझावको आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिइने छ। शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीलाई बढाएर १५ सदस्य बनाउन प्रस्ताव गरेका थिए। माओवादी केन्द्रले भोलि पुस ११ गते सुरु हुने राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ।

बिज्ञापन

दिउँसो ३ बजे पार्टीनिकट प्रेस सेन्टरको संयोजनमा पत्रकार सम्मेलन आयोगना गरिँदैछ भने ३ बजे नै सोनाम स्मृति कार्यक्रम गरिने माओवादी केन्द्रले जनाएको छ। यसपछि अपराह्न ४ बजे पुनः स्थायी समितिको बैठक राख्ने कार्यतालिका रहेको माओवादी केन्द्रका नेताहरूले बताएका छन्।