पूर्वाञ्जल विश्वविद्यालयका अधिकृत घुससहित रंगेहात पक्राउ

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला घुससहित रंगेहात पक्राउ परेका छन्।

कोइरालाले काठमाडौंस्थित एक कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भनी  सेवाग्राहीबाट ६ लाख ७५ हजारसहित काठमाडौंको शेर्पा मलबाट बिहिबार साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो।

कोइरालालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।