मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

उनले बुधबार दिउँसो साढे १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमण, आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन, विभिन्न मन्त्रालयका एजेण्डाका विषयमा पनि छलफल हुने बताइएको छ ।