बानेश्वरमा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विरोधमा ४० भन्दा बढी राजनीतिक दल सडक प्रदर्शनमा उत्रिएका छन्।

एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन नगर्न दबाब दिन ४० भन्दा बढी दलले आइतबार काठमाडौंको माइतिघरदेखि कोटेश्वरसम्मको सडकमा विभिन्न प्रदर्शनका कार्यक्रम गरिहेका हुन् ।
प्रदर्शनका कारण माइतीघरदेखि कोटेश्वरसम्मको सडक अवरुद्ध भएको छ ।

बिज्ञापन

ट्राफिक व्यवस्थापनमा चुनौती बढेको छ भने सवारीहरु डाइभर्ट गरिएको छ ।
एमसीसी विरुद्ध प्रदर्शन भइरहँदा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीले केही उच्श्रृंखल बन्दै गएपछि वानेश्वर ोत्र तनावग्रस्त बनेको हो ।
माओवादी केन्द्र लगायतका केही दलले आन्दोलन सकिएको बताएर हिँडे पनि राप्रपा लगायतका कार्यकर्ताहरु आक्रामक बन्दै प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै रुखका हाँगासमेत भाँचेर हानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको छ ।

प्रहरीले झण्डै एक दर्जन अश्रुग्यासको सेल प्रहार गरेको छ ।