स्थानीय निर्वाचन भत्काउने, सार्ने र गडबड गर्ने उद्देश्यले अर्लि इलेक्सनको चर्चा : सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले स्थानीय तहको चुनाव भत्काउने, सार्ने र गडबड गर्ने उद्देश्यले अर्लि इलेक्सनको चर्चा गरेको आरोनचप लगाएका छन् । उनले आज संसद् भवन परिसरमा पत्रकारहरुसँग यस्तो बताएका हुन् ।

उनले स्थानीय तहकाृ निर्वाचन तोकिएको समयमा नगर्ने योजना अनुसार सत्तारुढ गठबन्धनले अर्लि इलेक्सनको चर्चा गरेको बताएका छन् ।

बिज्ञापन

उनले भने, ‘उहाँहरुको सोझो हिडाइ छैन, उहाँहरु स्थानीय तह निर्वाचन भत्काउन लाग्ने, पर पुर्‍याउने निर्वाचन हलमै गडबड गर्ने लगायतका कुरा हुन सक्छन् ।’

संसदले ठीक ढंगले काम नगरेपछि विघटन गर्दा प्रतिगमन भयो भन्ने दलहरुले नै अर्लि इलेक्सनको चर्चा गर्दा शंका बढेको नेम्वाङको भनाई छ।

उनले सत्तागठबन्धनले अर्लि इलेक्सन गर्ने विषयमा शंका गर्दै प्रश्न समेत गरेका छन् ।