
ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ ।
गोदावरी नगरपालिका–१२ नख्खु खोलामा एक पुरुषको बेवारिसे शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
करिब ५५ वर्षको जस्तो देखिने पुरुषको शव बिहीबार बिहान फेला परेको हो ।
शवको अझै सनाखत हुन नसकेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। शवको पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको छ।
शवको सनाखतको लागि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।