
एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मंगलबार अफगानिस्तानको सामना गर्दै छ । यसअघिका दुई खेलमा पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ ।

किर्गिस्तानको विश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो अन्तिम खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो ।



खेल नेपाली समयअनुसार १ः४५ बजे सुरु हुनेछ । अफगानिस्तान र नेपाल एकै स्तरका टोली हुन् ।

तर, पछिल्लो समय अफगानिस्तानले प्रदर्शनलाई बलियो बनाएको छ । त्यसैले अफगानिस्तानलाई हराउन नेपाललाई सहज भने छैन ।
पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ ले स्तब्ध भएको थियो । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल बाहिरिसकेको छ । अफगानिस्तानलाई हराउँदै नेपाल सुखद अन्त्य गर्ने योजनामा छ ।