
कैलालीको धनगढी स्थित मोहना नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहानदेखि नदीमा पानीको सतहले खतराको तह पार गरेको हो । मोहना नदीमा बाढी आएपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कान्द्रा र मोहनामा पानीको सतह बढ्दो क्रममा छ भने कर्णाली नदीमा पानीको बहाव स्थिर रहेको छ ।