
काठमाडौं । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सत्ता गठबन्धनको बैठक सकिलगत्तै मन्त्रिपरिषदको बैठक सुरु भएको हो ।

गठबन्धन बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी ऐनलाई संशोधन गर्ने सहमति बनेको थियो । त्यो सहमति अनुसार ऐनलाई संसद पेस गर्ने निर्णयका लागि मन्त्रिपरिषद बैठक बसेको हो । संक्रमणकालीन न्यायसँग जोडिएको कानून संशोधनको विधेयक सरकारले आजै संसदमा पेश गर्ने तयारी छ ।
बिज्ञापन



