प्रचण्डले आज भाजपा अध्यक्ष नड्डा र प्रधानमन्त्री मोदीलाई भेट्ने

काठमाडौँ । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पनि राजनीतिक भेटघाट जारी राख्दैछन् ।

उनले आज सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रवारदेखि प्रचण्ड भारत भ्रमणमा छन् ।यस्तै आज अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यसूची छ ।

बिज्ञापन

मोदीसँगको  भेटवार्तापछि  उनी आजै स्वदेश फर्कनेछन् ।गत शुक्रवार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिवार भारतीय विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए ।