साग पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको पुरुष फुटबलमा भुटानलाई पराजित गर्दै नेपालले स्वर्ण पदक हात पारेको छ ।

 

बिज्ञापन

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा २– १ को अन्तरले पराजित गर्दैै स्वर्ण प्राप्त गरेको हो ।

 

खेलको १७ औं मिनेटमा नेपालका अभिषेक रिजालले भुटानमाथि पहिलो गोल गर्दै अग्रता दिलाका थिए भने भुटानले पहिलो हाफमा नै बराबरी गोल फर्काएको थियो ।

 

उसका लागि चेन्चो ग्याल्सेनले गोल गरेका थिए । फेरी खेलको ५२ औं मिनेटमा सुनिलले गोल गर्दै नेपाललाई स्वर्ण पदक दिलाए ।