मुम्बईमा ५० भन्दा बढी पत्रकारमा कोरोना संक्रमण

एजेन्सी । भारतको मुम्बईमा गत हप्ता ५३ जना पत्रकारमा कोरोनाभाइरसको संक्रमण देखिएको ब्रिहानमुम्बई म्युनिसिपल कर्पोरेसन (बीएमसी) ले जनाएको छ ।

 

बिज्ञापन

बीएमसीका अनुसार महामारीका बेला रिपार्टिङ गरिरहेका १६७ जना पत्रकारको कोभिड–१९ परीक्षण गरिएको थियो । पोजेटिभ भेटिएकाहरुलाई आइसोलेसनमा राखिएको छ ।

 

पोजेटिभ भेटिएकाहरुमा रिपोर्टर, क्यामरामेन, फोटोग्राफर, भ्यान अपरेटर रहेको बीएमसी हेल्थ कमिटीका प्रमुख अमय घोलेले जानकारी दिए ।

 

‘इलेक्ट्रोनिक मिडियाका ५० जना बढी पत्रकारहरु, विशेष गरी क्यामराम्यानहरु, मुम्बाईमा कोरोना पोजेटिभ भेटिएका छन् । पत्रकारहरुले पनि आफ्नो विशेष ख्यान राख्नुपर्ने देखियो,’ क्याबिनेट मन्त्री प्रकाश जभाडेकरले ट्वीट गर्दै बताएका थिए ।

 

मुम्बई प्रेस क्लबले सार्वजनिक अपिल जारी गर्दै मुख्यमन्त्री उद्धव ठाकेरेलाई पत्रकारहरुको सुरक्षाका लागि व्यवस्था गर्न आग्रह गरेको छ ।

 

यतिबेला महाराष्ट्र राज्य भारतमा कोरोनाभाइरस महामारीको केन्द्रविन्दु बनेको छ । त्यहाँ अहिलेसम्म ४ हजार ६६६ जना संक्रमित फेला परेका छन् भने २३२ जनाको मृत्यु भइसकेको छ