प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई तथा शुभकामना दिएका छन् । देउवा निवास बुढानीलकण्ठ पुगेर राजदूत क्वात्राले बधाइ दिएका हुन् ।

क्वात्राको बधाई ग्रहण गर्दै प्रधानमन्त्री देउवाले आफूले भारतको साथ मिलेर काम गर्न चाहेको र भारतको सदैव सहयोग रहने अपेक्षा गरिएको धारणा राखेका थिए । त्यसअघि राजदूत क्वात्राले सम्पूर्ण भारत जनताको तर्फबाट बधाई ग्रहण गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।

बिज्ञापन

नेपाल–भारतको सम्बन्धलाई अझै बलियो बनाउन दुई देशको साझा स्वार्थमा मिलेर काम गर्ने धारणा उनले राखेका थिए । नेपालको विकास र समृद्धिमा भारत सधैँ सहयोगी भएर काम गर्न तयार रहेको र देउवाको कार्यकालमा सम्बन्ध र सहकार्य बलियो हुने विश्वास व्यक्त गरेको धारणा क्वात्राले राखेका थिए ।