बालुवाटारमा कार्यदलका सदस्यबीच छलफल हुँदै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान ९ बजेबाट कार्यदलका सदस्यबीच छलफल हुँदै छ।

कार्यदलले न्यूनतम साझा कार्यक्रममा सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहिता बनाएको छ। आजको बैठकले त्यसलाई अन्तिम रूप दिने प्रयास हुने कार्यदलका सदस्य मिनेन्द्र रिजालले जानकारी दिए। उनका अनुसार साझा कार्यक्रमलाई अन्तिम रुप दिएर गठबन्धनका शीर्ष नेताहरुसँग परामर्श गरेपछि प्रतिवेदन सार्वजनिक गर्ने कार्यदलको तयारी छ।

बिज्ञापन

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा बसेर कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादवले काम गरिरहेका छन्।