
एजेन्सी – सरकारले हालै ल्याएको नयाँ कृषि नीतिको विरोधमा लाखौं कृषकले उत्तर प्रदेशमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा झन्डै पाँच लाख किसानको सहभागिता थियो । किसानले हालै ल्याइएको कृषिसम्बन्धी विवादास्पद कानून फिर्ता गर्न सरकारसँग माग गरेका थिए । सो प्रदर्शन यसअघि गत नोभेम्बरमा अयोजित प्रदर्शनभन्दा पनि विशाल रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रदर्शनका लागि हजारौं किसानलाई बस तथा ट्याक्टरमा राखेर मुजफ्फानगर पुर्याइएको थियो । कृषिसम्बन्धी नयाँ नियमले किसानले आफ्ना उत्पादन बिक्री गर्न सहज पार्ने र उनीहरूलाई थप स्वतन्त्रता प्रदान गरेको सरकारको दाबी छ । तर, यसले साना किसानलाइ ठूला कर्पोरेशनको पहुँचमा पुग्न कठिनाइ भएको आलोचकहरूले बताएका छन् । किसानको प्रदर्शनका कारण मुजफ्फरको सडक अस्तव्यस्त बनेको थियो ।

प्रदर्शनकारीले राजधानी नयाँ दिल्ली जाने सडक अवरोध गरेका थिए । प्रदर्शनलाई अनियन्त्रित हुनबाट जोगाउन सडकमा हजारौ प्रहरी तैनाथ गरिएको थियो । प्रदर्शनपछि आयोजित सभामा किसान नेताहरूले वर्तमान मोदी सरकार किसानविरोधी भएको आरोप लगाएका थिए । सरकारले ल्याएको कानूनको विरोधमा किसानहरूले आगामी २७ देशव्यापी आम हड्तालको घोषणा गरेका छन् । उत्तर प्रदेशमा आगामी वर्ष विधान सभा निर्वाचन हुँदै छ । निर्वाचन नजिकिँदै जाँदा किसानको प्रदर्शनले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई धक्का लाग्ने विश्लेषण हुन थालेको छ ।



