अफगानिस्तानको पूर्वी प्रान्त नान्गर्हरको राजधानी जलालावादमा शृङ्खलाबद्ध विस्फोट

एजेन्सी – अफगानिस्तानको पूर्वी प्रान्त नान्गर्हरको राजधानी जलालावादमा शृङ्खलाबद्ध विस्फोट हुँदा कम्तीमा ७ जना मारिएका छन् भने ३० जना भएका छन् ।  राजधानी काबुलमा भएको विस्फोटमा दुईजना घाइते भएका छन् ।  ‘जलालावाद र काबुलमा भएको विस्फोट आईएसआईएल-केको आतङ्कको अवशेषजस्तो देखिन्छ,’ तालिबानी स्रोतले भनेको छ ।

तालिबानले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । त्यहाँ कम्तीमा चारवटा स्थानमा विस्फोट भएको बताइएको छ । यद्यपि, अहिलेसम्म विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । नान्गर्हर प्रान्त आईएसआईएस –केको आधार इलाकामा मानिन्छ ।

जलालावादमा विस्फोट हुनभन्दा केही घण्टाअघि काबुलमा कार बम विस्फोट हुँदा दुईजना घाइते भएका थिए । मध्य अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेको थियो, त्यसको छोटो समयमै यहाँबाट अमेरिकी नेतृत्वको विदेशी सेना हटिसकेको छ । देशमा शान्ति–सुरक्षा स्थापना गर्दै स्थिर वातावरण बनाउने प्रतिबद्धता तालिबानले जनाएको छ ।