रासायनिक मल उत्पादनका लागि कम्पनी खोल्ने विषयमा कृषि र ऊर्जामन्त्रीबीच छलफल

रासायनिक मल उत्पादनका लागि कम्पनी खोल्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवबीच छलफल भएको छ ।

ऊर्जा मन्त्रालयमा जारी छलफलमा ऊर्जामन्त्री भुसाल र कृषिमन्त्री यादवबीच नेपालमै रासायनिक मल उत्पादन गर्न कम्पनी खोल्ने विषयमा कुराकानी भइरहेको छ ।

लगानी बोर्डले भने भारतबाट ग्याँस आयात गरेर कम्पनी खोल्न सकिने सुझाव सरकारलाई दिएको छ ।

तर,  ऊर्जा मन्त्रालयले नेपालमा विद्युतको समस्या समाधान भइसकेकाले विद्युतीय प्रणाली प्रयोग गरेर मल उत्पादन गर्न सकिने विषयलाई प्राथमिकतामा राखेको छ ।  किसानले बर्सेनि रासायनिक मलको चरम अभाव झेल्दै आएका छन् ।

कृषि मन्त्रालयले समयमै रासायनिक मल  आयात गर्न नसक्दा किसानले सास्ती भोग्दै आएका छन् ।