
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन बारे चेतावनी दिएका छन् । रुसी समाचार एजेन्सी तासका अनुसार जो बाइडेनले शुक्रबार सीबीएसलाई दिएको अन्तर्वार्तामा रुसले युक्रेनमा आणविक हतियार प्रयोग गरेमा त्यसको अन्तर्राष्ट्रिय स्तरमा नराम्रो नतिजा आउने बताएका छन् ।उनले भने, ‘त्यसो नगर । यदि यसो गर्नुभयो भने, तपाईंले दोस्रो विश्वयुद्ध पछि एकपटक पुनः युद्धको मुहार फेर्नुहुनेछ ।’ रुसले आणविक हतियार प्रयोग गरे अमेरिकाको प्रतिक्रिया कस्तो हुन्छ भनेर बाइडेनलाई प्रश्न सोधिएको थियो । जवाफमा उनले भने, ‘यदि तपाईंलाई म हु–ब–हु प्रतिक्रिया दिन्छु भन्ने लागिरहेको छ भने फिटिक्कै त्यस्तो गर्ने छैन । उनी विश्वमा पहिलेको भन्दा पनि धेरै नै एक्लिनेछन् । र उनले जे गर्नेछन् त्यसैका आधारमा हाम्रो प्रतिक्रिया कस्तो हुनेछ त्यो निर्धारण गर्नेछौँ ।’

रुसले के गरिरहेको छ ?



अघिल्लो महिना रुसी विदेश मन्त्रालयको अप्रसार र हतियार नियन्त्रण विभागका प्रमुख अलेक्जेन्डर टोफिमोवले रसियाले आणविक हतियारको प्रयोग र विशेष गरी युक्रेनलाई धम्की दिइरहेको आरोपलाई निराधा र अस्वीकार्य बताएका छन् ।

यद्यपि, उनले यो सबै ‘रुस विरोधी लहरलाई बढावा दिन जानाजानी’ गरिएको कुरालाई भने अस्वीकार गरेनन् ।
अलेक्जेन्डर टोफिमोभले थपे, ‘परिस्थितिलाई ध्यानमा राख्दै, देशको अस्तित्वलाई खतरामा पार्ने कुनै पनि प्रकारको आक्रमणको सामना गर्न आम विनाशकारी हतियार वा परम्परागत हतियारहरू प्रयोग गर्न सकिन्छ ।’
२४ फेब्रुअरीमा, रुसी राष्ट्रपति पुटिनले एक टेलिकास्टमा डोनबास गणतन्त्रका प्रमुखहरूको अपीलमा उनले ‘विगत आठ वर्षदेखि युक्रेनी शासनद्वारा उत्पीडित र नरसंहार गर्नेहरूलाई जोगाउन विशेष सैन्य अभियान सञ्चालन गर्ने निर्णय गरेको बताए ।’
यसपछि अमेरिका र उसका सहयोगीहरूले रुसमाथि धेरै प्रतिबन्ध लगाए र युक्रेनलाई हतियार दिने घोषणा गरे ।