साबित्रा र अनिताले भारतीय लिग खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेल्ने भएका छन् । दुवै खेलाडीले सेतु फुटबल क्लबबाट खेल्ने भएका हुन् ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार दुवै खेलाडीलाई विदाई गरेको छ । हिरो गोल्डकप र साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा क्लबले दुवैलाई एक महिनाका लागि अनुबन्धन गरेको हो ।

दुवै खेलाडी सम्मिलित रहेको एपीएफले पनि एक महिनाका लागि स्विकृती प्रदान गरिसकेको छ ‌। भारतीय महिला लिग अर्को महिनादेखि सुरु हुँदैछ । यसअघि सावित्रा र अनिताले नै माल्दिभ्समा भएको फुटसल लिग खेलेका थिए ।