भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । शनिबार यहाँ ५४ हजार ७ सय ३६ नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा यहाँ ८ सय ५३ को मृत्यु भएको छ ।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोनाका १७ लाख ५० हजार ७ सय २४ संक्रमित भइसकेका छन् जबकी मृतकको संख्या ३७ हजार ३ सय ६४ रहेको छ ।

यहाँ हालसम्म ११ लाख ४५ हजारभन्दा बढी यो रोगबाट निको भइसकेका छन् । हाल, यहाँ ५ लाख ६७ हजार ७ सय ३० सक्रिय संक्रमित रहेका छन् ।