
कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग जुधिरहेको नेपालका लागि स्वीट्जरल्याण्डले अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। स्वीस सरकारका तर्फबाट प्रदान गरिएको स्वास्थ्य सामग्री शनिबार बिहान त्रिभूवन विमानस्थलमा आइपुगेको हो । ८० लाख अमेरिकी डलर(करिब ९४ करोड नेपाली रुपैयाँ) बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हाे ।
उक्त स्वास्थ्य सामग्री नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई शनिबार हस्तान्तरण गरिन् । नेपाललाई दिइएको स्वास्थ्य सामग्रीहरुमा ४० भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख एन्टिजेन, १ लाख १० हजार केएन–९५ मास्क, ५० हजार पन्जा र १५ हजार पीपीई सेट रहेका छन् । राजदूत क्यापेलरले स्विजरल्यान्ड कोभिड–१९ महामारीविरुद्धको लडाइँमा नेपाल र नेपालीहरुसँग ऐक्यबद्धतामा उभिने बताइन् ।