
काठमाडौं : राष्ट्रिय फुटबल टिमले बन्द प्रशिक्षण भोलीबाट सुरु गर्ने भएको छ। विश्वकप छनोटको तयारी स्वरुप राष्ट्रिय टिमले भोलीबाट प्रशिक्षण सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

एन्फाले पुराना र नयाँ ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईसकेको छ । नेपाली टिमलाई कार्यवहाक प्रशिक्षकको रुपमा बालगोपाल महर्जनले नेतृत्व गर्नेछन् । हिजो (शुक्रबार) मात्र एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप छनोटको बाँकी खेलको तालिका सार्वजनीक गरेको थियो । सो तालिका अनुसार नेपालले चैत १२ गते चाईनिज ताईपेसंग, चैत १७ गते अष्ट्रेलिायसंग र जेठ २४ गते जोर्डनसंग खेल्नेछ ।
बिज्ञापन



