ओस्कारमा उत्कृष्ट निर्देशकको पुरस्कार जित्ने दोस्रो महिला,चाओ

यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट निर्देशकको पुरस्कार चिनियाँ मुलकी अमेरिकी निर्देशक क्लोई चाओले जितेकी छिन्।

ओस्कारको ९३ वर्षिय इतिहासमा उत्कृष्ट निर्देशकको ताज पहिरिएकी उनी दोस्रो महिला हुन्।यसअघि भने ‘हर्टकलर’ नामक चलचित्रका लागी क्याथरिन बिग्लाले उत्कृष्ट निर्देशकको उपाधि हात पारेकी थिइन्।

बिज्ञापन

चाओलाई यस वर्ष उनले निर्देशन गरेको ‘नोमाडल्यान्ड’ ले विजेता बनाएको हो।अमेरिकाको लस एन्जल्स्मा भएको समारोहमा पुरस्कार स्विकार गरेकी चाओले आँफुलाई प्रेरणा दिने सबै व्यक्तिहरु प्रति सो पुरस्कार समर्पित गरिन्।