
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडले आफ्नो ३७ औं साताको खेलमा घरेलु मैदानमा फुलह्मसँग बराबरीमा रोकिएको हो ।

मंगलबार राती घरेलु मैदानमा भएको खेलमा युनाइटेड पाहुना टोली फुलह्मसँग १-१ गोलको बराबरीमा रोकिएको हो । खेलमा सुरुवाती अग्रता भने युनाइटेडले बनाएको थियो । खेलको १५औं मिनेटमा युनाइटेडका लागि एडिसन काभानीले गोल गरि अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको युनाइटेडले दोस्रो हफमा उक्त अग्रता जोगाउन भने सकेन । दोस्रो हाफको खेलको ७६औं मिनेटमा पाहुना टोलीका लागि जोइ ब्रायनले गोल गरी खेल १-१ गोलको बराबरी अबस्थामा पुर्याए र बाँकी समय थप गोल नहुदा दुबै टोलीले १/१ अंक बाडेका हुन ।



उक्त बराबरी सँगै ३७ खेलबाट युनाइटेडको ७१ अंक पुगेको छ । उसले यस सिजन दोस्रो स्थानमा रहेर अन्त्य गर्न पक्का भएको छ । तेस्रो स्थानको चेल्सी भन्दा युनाइटेडको ४ अंक बढी रहेको छ । त्यस्तै यता फुलह्मको भने समान ३७ खेलबाट २८ अंकसहित १८औं स्थानमा रहेको छ ।
