
काठमाडौं – नवनियुक्त मन्त्रीहरुले आज पदभार ग्रहण गर्दैछन् ।
मंगलबार शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका मन्त्रीहरुले बुधबार मन्त्रालय पुगेर कार्यभार सम्हाल्न लागेका हुन् ।
गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले बुधबार बिहान १० बजे मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने बताइएको छ ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार साँझ नै पदभार ग्रहण गरेका थिए ।