जसपा अध्यक्ष भट्टराई र विप्लवबीच भेटवार्ता

काठमाडौँ : नेकपाका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसँग भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईसँगको भेटवार्ताका लागि विप्लव शुक्रबार बिहान उनको निवास पुगेका थिए ।

केही दिन यता विप्लवले राजनीतिक सक्रियता बढाएका छन् । उनले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिहीबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।

बिज्ञापन

थुनामा रहेका आफ्ना नेता र कार्यकर्ताको रिहाई तथा उनीहरुमाथिका मुद्दा फिर्ताका उनी सक्रिय रहेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीसँग तीन बुँदे सहमति गरेर नाटकीय रुपमा भूमिगत राजनीति छाडेका विप्लव ओलीको सत्ता बहिर्गमनसँगै उनको विपक्षी गठबन्धनका नेताहरुसँग नजिकिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।