
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेबाट अलग भइ नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न निवास डल्लु पुगेका छन् ।
अध्यक्ष प्रचण्ड आज बिहान वरिष्ठ नेता खनालको निवास पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । करिव साढे दुई महिना भारतमा मिर्गौला प्रत्यारोपण गरेर यही सोमबार स्वदेश फर्किएका खनाल अहिले घरमै आराम गरिरहेका छन् ।
पछिल्लो समय देशभर राजनीतिक माहोलको चासोको विषय बनेको छ ।