नेपालले मंगलबार पपुवा न्यूगिनीसँग  एकदिवसीय क्रिकेट शृङ्खला अन्तर्गत पहिलो खेल खेल्दै

नेपालले मंगलबार पपुवा न्यूगिनीसँग दुई एकदिवसीय क्रिकेट शृङ्खला अन्तर्गत पहिलो खेल खेल्दै छ ।

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे ओमानको अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको ज्ञानेन्द्र मल्ल र पिएनजीको असाद भालाले कप्तानी गर्ने छन् ।

बिज्ञापन

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्नुअघि तयारी स्वरुप पिएनजीसँग दुई एकदिवसीय खेल खेल्न लागेको हो । नेपालले १९ महिनापछि एक दिवसीय क्रिकेट खेल्न लागेको हो ।

पछिल्लो पटक नेपालले २०२० फेब्रुअरीमा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकासँग त्रिवि मैदानमा एक दिवसीय क्रिकेट खेलेको थियो ।

नेपाल र पपुवा न्यूगिनीबिचको खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्सले गर्ने छ । इन्टरनेमा फ्यान कोडको एप्सबाट हेर्न सकिने छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल छन् ।