
संयुक्त राष्ट्रसङ्घीय अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख साना टापु राष्ट्र (युएन ओएचआर एलएलएस) ले ती राष्ट्रलाई दिगो विकासको मार्गमा अग्रसर हुन दक्षिण–दक्षिण र त्रिपक्षीय सहयोग प्रवद्र्धनका सन्दर्भमा आयोजना गर्ने छलफलमा मन्त्री ज्ञवालीले प्रमुख वक्ताका रुपमा पनि भाग लिने कार्यक्रम छ ।
चैत ७ गते अर्जेण्टिनाका विदेशमन्त्रीले एशियाली मुलुकका अधिकारीसँग आयोजना गर्ने उच्चस्तरीय बैठकमा मन्त्री ज्ञवाली सहभागी हुनेछन् । त्यहाँ रहँदा उनले विभिन्न मुलुकका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा ब्राजिलका लागि नेपालका राजदूत ताराप्रसाद पोखरेल र परराष्ट्र मन्त्रालयका एक जना अधिकारी रहनेछन् । उनी चैत ९ गते स्वदेश फर्कने कार्यक्रम छ ।