
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाएको छ ।

दलको बैठक मंगलबार ११ बजे बोलाएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
बिज्ञापन



सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको बैठक आज मंसिर २८ गते दिउँसो २ बजेका लागि आव्हान गरेकी थिइन् ।

संसद बैठक अघि एमाले संसदीय दलको बैठक बस्न लागेको हो ।
यसअघि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको एमालेले यो पटक पनि सहजै बैठक सञ्चालन हुन नदिने संकेत गरिसकेको छ ।