एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा रियाल म्याड्रिडले भ्यालेन्सियासँग हार बेहोेरेको छ । ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रियाल म्याड्रिडले भ्यालेन्सियासँग २–१ को हार बेहोरेको हो ।
बिज्ञापन
घरेलु मैदानमा भ्यालेन्सियालाई जिताउन गोनकालो गुइडेस र इजिक्वेल गारेले गोल गरे । म्याड्रिडका करिम बेन्जेमाले एक गोल फर्काए ।
खेलको ३५औं मिनेटमा गोनकालोको गोलमा रियाल खेलमा पछि परेको थियो । ८३औं मिनेटमा गारेले अर्काे गोल थपेपछि रियालको हार लगभग पक्का भैसकेको थियो ।
खेलमा पछि परेपछि रियालले पटक–पटक आक्रमण बुनेपनि गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा बेन्जेमा गोल गरेपनि रियालको हार टार्न सकेन ।
जिदान प्रशिक्षकमा नियुक्त भएपछि रियलको यो पहिलो हार हो ।
हारसँगै रियालको ला लिगाको उपाधियात्रा निकै कमजोर बनेको छ । रियल शीर्षस्थानको बार्सिलोनाभन्दा १३ अंक तथा दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा पाँच अंकले पछि छ । रियलको ३० खेलबाट ५७ अंक रहेको छ ।
भ्यालेन्सिया ४६ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ ।
प्रिमियर लिगको अन्य खेलहरुको नतिजा इवार विरुद्ध रायो भालेकानो (२–१)
हुसेका विरुद्ध सेल्टा डि भिगो (३–३)