देउवाविना कांग्रेस पदाधिकारी बैठक

नेपाली कांग्रेसको भ्रातृ संस्थाको विधान टुंग्याउनको लागि कांग्रेस पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ ।

तर पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन् । पदाधिकारीको बैठकले हालसम्म दलित संघको विधान टुंग्याएको छ ।

बिज्ञापन

बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधानबारे छलफल भइरहेको महामन्त्री विश्‍वप्रकाश शर्माले बताए ।

उनका अनुसार बाँकी रहेका भ्रातृ संस्थाको विधान दुईरतीन दिनमा टुंगिनेछ ।