ओलीलाई भेट्न वामदेव बालकोटमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान का संयोजक वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । अहिले उनले ओलीसँग छलफल गरिरहेका छन् । पार्टी घोषणापछि वामदेवले नेताहरूसँगको भेटघाटलाई तीव्रता दिइरहेका छन् ।

जसअनुसार आज वामदेवले ओलीसँग भेटघाट गरेका उनका पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । ‘हिजो पनि केही नेतासँग गृहकार्य भएको थियो । अहिले एमाले अध्यक्ष ओलीसँग भेट्न बालकोट जानुभएको छ, वार्ता जारी छ,’ पाण्डेले भने ।