उपसभामुखमा एमालेले लोसपाकी चन्दा चौधरीलाई समर्थन गर्ने

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुखमा साना दलले उम्मेदवार दिए उसैलाई सघाउने भएको छ । उम्मेदवारी नपरेमा तत्काल निर्णय गरेर आफ्नो उम्मेदवारी दिइने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।नेम्वाङका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीकी चन्दा चौधरीले उपसभामुखमा उम्मेदवारी दिने भनेकाले एमालेले आफ्नो उम्मेदवारी निर्णय नगरेको हो । चौधरीलाई नै सघाउने सम्भावना रहेको नेम्वाङले बताए ।

प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ । सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराइसकेकी छन् ।२७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् । बाँकी २७१ मा पनि चारजना निलम्बनमा रहेका २६६ जनाले मतदान गर्न पाउँछन् । १३४ मत भए उपसभामुख जित्न पुग्छ ।

बिज्ञापन

गठबन्धनसँग हाल कांग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २४ सांसद छन् । जसपाका केही सांसद बाबुरामतिर छन् भने केही तटस्थ रहेका छन् । गठबन्धनमा आबद्ध राजमोको एक सांसद छन् भने नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक-एकजना सांसद छन् ।कांग्रेस, माओवादी र नेकपा एसको मत नै सत्ता गठबन्धनलाई जित्न पुग्ने देखिन्छ ।