राज्यले हामीसँगको तीन बुँदे सहमति कार्यान्वयन गरेन : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राज्यले आफ्नो पार्टीसँग गरेको सहमति लागू नगरेको बताएका छन् ।

सोमबार काठमाडौंमा पार्टीनिकट अनलाइन जनपत्रिकाको उद्घाटन गर्दै विप्लवले राज्यले आफूहरूसँग तीन बुँदे सहमति गरेपनि इमानदारिताका साथ कार्यान्वयन नगरेको गुनासो गरे ।

बिज्ञापन

अहिले पनि ४० जनाभन्दा बढी आफ्ना कार्यकर्ता जेलमा रहेको भन्दै चन्दले कसैको स्वास्थ्य कमजोर भएको, घाइते भएको, बिरामी भएको, कसैको परिवारमा समस्या रहेको बताए ।उनले भने, ‘हामी सँगै लडेको हो नि । दुई वर्षमा हामीले नेतृत्व गर्‍यौं । हाम्रा जति पनि कमरेडहरू जेलमा हुनुहुन्छ । त्यसको नेता हामी हो । नेपाल कम्युनिष्ट पार्टी प्रतिरोधको संघर्ष चलाएको थियो र त्यो संघर्षको नेतृत्व हामीले गर्‍यौं । हाम्रा नेताहरूले गरेका हुन् । कैयौँ नेताहरूलाई छोडियो । तर, हाम्रा योद्धा कमरेडहरूलाई, युवाहरूलाई छाडिएको छैन । यो एउटा षड्यन्त्र हो । जनताको अधिकारमाथिको हस्तक्षेप हो । स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’