जसपा नेपालको प्रवक्तामा मनिसकुमार सुमन

जनता समाजवादी पार्टी (जसपा), नेपालले मनिस कुमार सुमनलाई पार्टीको प्रवक्ता तोकेको छ ।  जसपा, नेपालको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार उनलाई उक्त जिम्मेवारी दिइएको जसपाले जनाएको छ । पार्टी प्रवक्ताको रुपमा सुमनले देश र जनताको सर्वोत्तम हितका साथै पार्टीको नीति, सिद्धान्त, विचार र उदेश्य प्राप्तिका लागि अझ बढी प्रभावकारी रुपमा भूमिका खेल्ने विश्वास जसपाले व्यक्त गरेको छ ।

बिज्ञापन