
काठमाडौं । काठमाडौंका व्यापारीहरुको संस्था काठमाडौं उद्योग वाणिज्य संघले सडक मिचेर बनेका अनधिकृत संरचना हटाउने महानगरको अभियानलाई लिएर कटाक्ष गरेको छ ।

संघका अध्यक्ष दिनेश श्रेष्ठले महानगरका मेयर बालेन साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यक्ष श्रेष्ठले घरधनी र महानगर बीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारिएको बताएका छन् ।



उनले भने ‘अहिलेको विवाद घरबेटी र महानगरको हो, यसमा किन साना व्यवसायीको बिचल्ली बनाइयो रु,’ ‘जननिर्वाचित मेयरले शक्तिको दुरुपयोग गरे, आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार किन हुन्न रु’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका श्रेष्ठले मेयरको अभियानले दशैंको मुखैमा व्यवसायी माथि भएको अन्यायबारे साझा धारणा बनाउन संघको आपतकालीन बैठक बोलाइएको बताएका छन् ।
उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पनि यस विषयमा साझा धारणा बनाउने श्रेष्ठको भनाई छ । भाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करौडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गर्न अध्यक्ष श्रेष्ठको माग छ ।