
काठमाडाैं – नेपालमा काेराेना भाइरसकाे संक्रमण भयावह बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग कोरोना खोप सहयोग मागेका छन्। ओलीले बिहीबार बेलायती राजदूत निकोला पोलिटसँगको भेटमा खाेप सहयाेग मागेका हुन्।

भेटमा प्रधानमन्त्री ओलीले नेपाली नागरिका लागि एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन बेलायती राजदूतसँग अनुरोध गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
बिज्ञापन



उनीहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेट भएकाे हाे। भेटमा दुई देशबीचको आपसी सम्बन्ध, कोभिड–१९ विरुद्धको लडाईंमा परस्पर सहयोगको आदानप्रदान बारेमा छलफल भएको बताइएकाे छ।
