बहिर्गमित जनमुक्ति सेनाका माग सम्बोधन गर्ने प्रधानमन्त्री देउवाको आश्वासन

काठमाडौं – बहिर्गमित जनमुक्ति सेनाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ ।

भेटको क्रममा बहिर्गमित जनमुक्ति सेनाले प्रधानमन्त्री देउवालाई आफूहरूले उठाउँदै आएको माग र मद्दाबारे ध्यानाकर्षण गराएको उपाध्यक्ष तथा प्रवक्ता राजन थापा सुवासले जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको  सरकारले गरेको निर्णय लोकतान्त्रिक योद्धा अभिलेखिकरण सम्मान समिति निर्माण गरि गरिएको सम्मानलाई निरन्तरता दिन र सम्बोधन हुन बाँकी माग कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरिएको छ ।

भेटपछि प्रधानमन्त्री देउवाले बहिर्गमित जनमुिक्त सेनाका माग सम्बोधन गर्ने आश्वासन दिए ।

यसअघि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सँग पनि बहिर्गमित जनमुक्ति सेनाका पदाधिकारीले १ साउनमा छलफल गरेका थिए ।