
काठमाडौँ : राष्ट्रिय सुरक्षा परिषद्को बैठक बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शंकरदास बैरागी, रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, प्रधानसेनापति प्रभुराम शर्मा लगायत सहभागी छन् ।
बिज्ञापन



एमसीसी परियोजनाका उपाध्यक्ष फातिमा सुमारलगायतको टोली चारदिने नेपाल भ्रमणमा रहेको बेला सुरक्षा परिषद्को बैठक बोलाइएको हो ।
