
बिराटनगर । भारतका चर्चित गायक उदितनारायण झालाई ज्यान मार्ने धम्की दिएको छ । गायक झाका अनुसार उनलाई यो धम्की सीमान्त नाका बिहार बाट गएको हो ।

भारतिय सञ्चारमाध्यमले जनाए अनुसार विगत २ हप्ता देखि सीमान्त नाका बिहारको नम्बर बाट ज्यान मार्ने धमी आएको हो ।भारतिय सञ्चारमाध्यमहरुका अनुसार बारम्बार मार्ने धम्की आए पश्चात् गायक झाले मुम्बई स्थित अम्बोली प्रहरी संग ज्यानको सुरक्षा गरिदिन माग गरेका छन् ।



प्रहरीले उजुरी पाए संगै धम्की दिने बारे छानबिन सुरु गरेको छ । प्रहरीको अनुसन्धान बाट धम्की दिने बिहारकै लक्षमण रहेको खुल्न आएको छ । प्रहरीका अनुसार लक्षमणको बारे बुझ्न अम्बोली प्रहरीलाई बिहार पठाइएको छ ।

बिहारमा गायक झाको जेठी श्रीमती रञ्जना नारायण झा बस्दै आएको छ । श्रोतले जनाए अनुसार गायक उदितनारायण विगत लामो समय देखि कान्छी श्रीमती दिपा नारायण झा संग बस्दै आएकोले सोही आक्रोशमा जेठी श्रीमती रञ्जनालेनै लक्षमणलाई प्रयोग गरेर धम्की दिलाएको हुन सक्ने खुल्न आएको छ ।