रक्षा मन्त्रालयको भवन नजिकै बम विस्फोट- १० जना मारिए, दर्जनौँ घाइते

काबुल  । अफगानिस्तानको काबुलस्थित रक्षा मन्त्रालयको भवन नजिकै बम विस्फोट हुँदा १० जना मारिएका छन् भने दर्जनौँ घाइतेभएका छन् ।

 

बिज्ञापन

सोमबार भएको उक्त हमलाको तालिबानी लडाकु समुहले जिम्मा लिएको छ । तालिबानी समुहले विज्ञप्ति जारी गर्दै उक्त घटनाको जिम्मा लिएको हो ।

 

विज्ञप्तिमा हमला आम नागरिकप्रति नभएर सैनिकहरुप्रति लक्षित गरिएको बताइएको छ ।

 

संयुक्त राष्ट्रसंघ तथा केही गैरसरकारी संस्थाहरुले उक्त घटनामा मारिएका र घाइते भएकाप्रति चिन्ता व्यक्त गर्दै तालिबानी समुहको आलोचना गरेका छन् ।