हिंसा चर्किएपछि इराकी प्रधानमन्त्रीले भने : राजीनामा दिन तयार छु

एजेन्सी । इराकका प्रधानमन्त्री मुस्तफा अल-काधिमीले देशको जटिल राजनीतिक अवस्था जारी रह्यो भने पदबाट राजीनामा दिने बताएका छन् ।

सोमबार प्रदर्शनकारीहरूले सरकारी मुख्यालयमा प्रवेश गरेपछि अल-काधिमीले अर्को सूचना नभएसम्मका लागि मन्त्रिपरिषद्को बैठक स्थगित गरे ।

यसअघि राजधानी बगदादमा एक प्रमुख नेताले राजनीति छोड्ने निर्णय गरेपछि भड्किएको हिंसामा कम्तीमा २३ जनाको मृत्यु भएको थियो ।

शिया मुस्लिम धर्मगुरु मोक्तादाले राजनीति छाड्ने घोषणा गरेका थिए । अल-सद्रका समर्थकहरूले सुरक्षा बलमािथ गोली र रकेट फायर गरेका थिए ।